कैलाली / कैलालीमा धारिलाे हतियार प्रहार हुँदा एक युवक घाइते भएका छन् ।
घाइते हुनेमा शनिबार राति लम्कीचुहा नगरपालिका -१ मा राष्ट्रिय युवा संघ नेपाल, लम्कीचुहाका अध्यक्ष नहकुल बम रहेकाे हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । घाइते बमकाे हातमा १४ वटा टाका लगाइएको छ।
रातिकाे समयमा दुई समूहका युवाहरु बीच लम्कीमा झडप हुँदा बम घाइते भएका हुन ।
बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिइसकेका छन् । आक्रमणकारी फरार रहेकाले प्रहरीले उनीहरूकाे खोजि कार्य गरिरहेकाे जनाएकाे छ ।











