बैतडी/ बैतडीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
आइतबार बिहान बाेहरा जहिलेक जंगलमा खर काट्न गएकी थिइन् । भिरमा खर काट्दै गर्दा लडेर २ सय मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन् । बाेहरालाई उपचारका लागि उनका श्रीमानले गोकुलेश्वर अस्पताल पुर्याएकाे थियाे । अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।











