बझाङ/ बझाङमा रुखबाट लडेर एक पुरूषकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा थलारा गाउँपालिका- ८ पण्डितगाउँ बस्ने ५५ वर्षीया गंगा दत्त पण्डित रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
उनी आज (आईतबार) बिहान साढे ८ रुखमा चढेर घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका थिए । शरिरको आन्तरिक भागमा चाेटपटक लागेका घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पुर्याइएकाे थियाे ।
अस्पतालमा चेकजाँच गर्दा गम्भीर घाइते पण्डितलाई मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।











