कैलाली / कैलालीमा दुर्घटना ग्रस्त माेटरसाइकल फेला परेकाे छ ।
आज ( आइतबार ) जिल्लाकाे गेटा स्थित मनहरा पुल तल गएराति दुर्घटनाग्रस्त भएको से ५प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
प्रहरीले चलाक घाइते भएको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भैरहेको छ ।











