कैलाली/ कैलालीमा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
शनिबार बिहान जिल्लाकाे टिकापुर नगरपालिका २ विकासपुर अबस्थित एउटा घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएकाे छ ।
उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएकाे टालीले पक्राउ गरिएकाे हाे ।
घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











