कैलाली / कैलालीमा अचानक जिपमा आगजनी भएकाे छ ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका ४ बसपार्क नजिक ओम शान्ति टोलमा राेकी राखिएकाे जिपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त जिपमा आगलागी के कसरी ? कुन कारणले भएकाे भन्ने कुराकाे एकिन हुन सकेकाे छैन् । दमकलले आगो नियन्त्रणमा लिइ सकेकाे छ । घटनाबारे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।











