युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / डाेटीकाे सबै भन्दा पुरानाे गैर सरकारी संस्था समाज सेवा डाेटीकाे ३३ ओ केन्द्रीय साधारण सभा कार्यक्रममा वाेल्दै संस्थाका पुर्व अध्यक्षहरुले प्राेजेक्ट विना पनि संस्था चल्न सक्ने उदाहरण समाज सेवा डाेटी भएकाे बताएका छन् ।

आज शनिवार जिल्लाकाे पर्यटकिय स्थल वगलेकमा सम्पन्न भएकाे साधारण सभामा मन्तव्य राख्दै पुर्व अध्यक्षहरुले संस्था जुन उदेश्यले स्थापना भएकाे हाे साेहि बाटाेमा अग्रसर रहेकाे वताएका हुन् । २०४७ सालमा दिपायल सिलगढी नगरपालिका सिलगढी का स्थानिय युवाहरु मिलि समाजमा सेवा गर्ने उदेश्यका साथ स्थापना भएकाे संस्था आज नि समाज सेवा कै बाटाेमा रहेकाे उनिहरुले बताएका हुन् ।

मन्तव्य राख्दै संस्थाका संस्थापक अध्यक्ष समेत रहेका विजय राज श्रेष्ठले भने – कसरी संस्था ३३ वर्ष सम्म निरन्तर चलि रहेकाे छ । संस्था स्थापना गर्दा संस्था यति लामाे समय सम्म चल्छ वा चल्दैन या चलाउनु पर्छ भन्ने थिएन । त्याे बेला सामाजिक कार्य राहत उध्दार गर्ने एकअर्कालाई सहयाेग गर्ने उदेश्यका साथ एकजुट भई स्थापना गरेका थियाै । अहिले पनि संस्था साेहि बाटाेमा निरन्तर अघि बढि रहेकाे छ ।

श्रेष्ठले अघाडी भने – अहिले संस्था भन्ने वित्तीकै परियाेजनाकाे कुरा हुन्छ हाम्राे संस्थाले परियाेजना भए पनि नभएपनि निरन्तर रुपमा अघि बढी रहेकाे छ, जुन उदेश्यले संस्था स्थापना भयाे साेहि उदेश्यमा निरन्तर अघि बढ्नु नै सबल पक्ष हाे ।

साेहि कार्यक्रममा बाेल्दै संस्थाका पुर्व अध्यक्ष सुशील घर्तीले संस्था स्थापना कालमा आफुहरु प्रवेशीका परीक्षा दिदै गरेकाे स्मरण गर्दै भने – प्रवेशीका परीक्षा दिएपछि खालि भएकाे ५-७ महिनाकाे समयलाई सामाजिक कार्यमा लगाउने भन्दै २०४७ सालमा हामिले संस्था स्थापना गर्याै । त्याे बेला हामी सामाजिक कार्यमा नलागेकाे भए हामी युवा विग्रन भत्कन पनि सक्थ्याै आज गर्व गर्ने ठाउँ छ संस्थापक साथीहरु कहि न कहि देश र जनताकाे सेवामा जाेडिनु भएकाे छ । हामी विग्रन भत्कन बाट मात्र जाेगिएनाै निस्वार्थ, स्वयमसेवि रुपमा सहयाेग गर्नु पर्छ भन्ने वाक्यांश समेत स्थापित गरेका छाै ।

घर्तिले अगाडि भने- कार्यक्रम भएर मात्र संस्था अघि बढ्छ भन्ने हाेईन । जुन बेला परियाेजना संचालनकाे कुरा नै थिएन त्याे बेला हामिले संस्था सुरुवात गर्याै । हामी पछि स्थापित भएका कयाै संस्थाहरु हराए तर हामी निरन्तर अघि बढेका छाै । २०४७ सालमा जुन विषयलाई केन्द्रमा राखेका थियाै त्यहि विषय अहिले पनि संस्थाकाे केन्द्रमा नै छ । सामाजिक सेवामा हामी निरन्तर अघि नै छाै ।

त्यस्तै मन्तव्य राख्ने क्रममा संस्थाका पुर्व अध्यक्ष प्रकाश केशीले आफुहरुले केही समय परियाेजनाहरु पनि संचालन गरेकाे स्मरण गरे । उनले भने- हामिले आन्तरिक तथा दातृ निकायकाे सहयाेगमा संचालन गरेका कतिपय याेजनाहरु अहिले पनि अनुगमन गर्न सकिन्छ । अहिले हामीले परियाेजना संचालन नगरेपनि समाजमा हाम्राे संस्थाकाे छाँप छ, अहिले पनि हामिलाई धेरैले माया गर्नु हुन्छ । याे पनि संस्थाकाे सकारात्मक पक्ष हाे । उनले भने- हामी लाई स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, उद्याेम, वन जंगल, जडिबुटी, पानी, सरसफाई, जनचेतना यी र यस्ता धेरै विषयमा अनुभव छ ।

मन्तव्य राख्ने क्रममा नै संस्थाका पुर्व अध्यक्ष खेमराज गुरुङ्गले संस्थाले समुदायका लागि समाजका लागि नै काम गरि रहेकाे बताए । उने भने – कतिपयले संस्था सुस्तायाे कि पनि भन्छन् । हामी संग दाताकाे सहयाेगमा संचालन हुने परियाेजनाहरु छैनन् तर पनि आन्तरिक श्राेतबाट नै भएपनि संस्थालाई जिवित राखेका छाै । ३३ वसन्त पार गर्याै, यी अबधिमा जहिले पनि समाजलाई अघाडि राखेर क्रियासिल भयाै र छाै । याे नै हाम्राे लागि राम्राे पक्ष पनि हाे ।

गुरुङ्गले अघाडि भने- अझै हामिले संस्थालाई पुरानै ठाउँमा पुराउन केही गर्नु पर्दछ त्यसका लागि हामिले नै छलफल गरेर निष्कर्ष निकाल्ने हाे । समुदायकाे अपेक्ष अनुसार समाजकाे विकासका लागि सहकार्य समन्वयलाई पनि अघि बढाउदै जानू पर्ने देखेकाे छु ।

उक्त कार्यक्रममा संस्थाका दिपेन मल्लले आर्थिक बर्ष २०७९/८० काे प्रगति प्रतिवेदन र आगामी बर्ष का लागि कार्ययाेजना  प्रस्तुत गरेका थिए भने कृष्ण कुमार श्रेष्ठले आर्थिक बर्ष २०७९/८० काे आर्थीक प्रतिवेदन र आगामी वर्षका लागि अनुमानित बजेट पेश गरेका थिए ।

साधारण सभामा उपस्थित शतप्रतिशत सदस्यहरुले दुबै प्रतिवेदन तथा आगामी कार्यक्रम पास गरेकाे उक्त सभाकाे अध्यक्षता संस्थाका अध्यक्ष विजयराज मल्ल श्रेष्ठले गरेका थिए । अध्यक्ष श्रेष्ठले सभाकाे समापन गर्दै आफुहरु संस्थाकाे उदेश्य अनुरुप नै निरन्तर अघि बढ्ने बताएका थिए । श्रेष्ठले भने – पछिल्लाे समय संस्था भन्ने वित्तिकै दाताकाे सहयाेगकाे कुरा जाेडिएर आउन्छ आगामी दिनहरुमा हामीले पनि दाताहरुकाे पहिचान सहित सहकार्यमा अघि बढ्नु पर्ने देखिएकाे छ त्यसका लागि हामी तयार छा‌ै ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय