डडेल्धुरा / डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–१ मा
घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
शनिबार मृत्यु हुनेमा तोलि गाउँ बस्ने मीनबहादुर बोहराकि श्रीमती नारूदेवी बोहराको बिहान घाँस काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको आफन्तले जनाएका छन् ।
आज बिहान १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखबाट लडेर थिइन् । उनकाे रूखबाट भीरहुँदै खोलामा परी मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे छ ।