कैलाली / कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय खडक बहादुर विष्ट रहेकाे प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएकाे छ ।
शुक्रवार राति पहाडदेखि तराइ आउदै गरेको सु प प्र ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिका -४ मा दुर्घटना हुँदा विष्टको गम्भीर घाइते भएका थिए । घाइते विष्टलाई उपचारकाे लागि धनगढी लगिएकाे थियाे ।
उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान हुदैछ ।