
वीरेन्द्रनगर — जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १ सय २८ जनाको मृत्यु भएको छ भने १ सय ४१ जना घाइते भएका कर्णाली प्रदेश प्रहरी कार्यालय स्राेतले जनाएकाे छ ।
प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।
गएराती ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट उक्त क्षेत्रमा ठुलाे संख्यामा घरहरु भत्किएका छन् । अहिले पनि राहत तथा उध्दारकाे काम चलि रहेकाे छ । घाईते तथा मृतककाे संख्या बढ्न सक्ने बताएकाे छ । पुर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएकाे छ ।