
जाजरकोट । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएराती गएकाे भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
गएराती ११:४७ बजेतिरकाे भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले जनाएकाे छ ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।
भूकम्पमा परेर गम्भीर घाइते जाजरकोटमा ३० जना रहेका छन् भने सामान्य घाइतेहरूको संख्या धेरै रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ भने ८ जनालाई सुर्खेत रिफर गरिएकाे जनाएकाे छ ।