सिरहा / जिल्ला कारागार सिरहामा एकै पटकमा ५९ जना पुरुष कैदी बन्दीमा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।
केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको महत कारागार प्रशासनले जनाएको छ ।
१ सय ५० जना कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दी रहेका छन् । यसअघि सिरहा कारागारबाट जिल्ला अदातलको आदेशमा कोरोना भाइरस संक्रमण सर्ने भन्दै १ बर्ष भन्दा कम सजाय भएका २१ कैदी बन्दीलाई रिहा गरिएको भए पनि अहिले ५९ जनामा एकै दिन कोरोनाको संक्रमण देखिएको हो ।