युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रुकुम पश्चिम/   गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।

यसैगरी, भूकम्पको कारण घर भत्किँदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ । 

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किँदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्यापक रतिभान बिकले जानकारी दिनुभयो । 

उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्ये माईली छोरीको भने जीवितै उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन भने बाँकी रहेको छ । 

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । 

भूकम्पले आठविसकोट नगरपालिका वडा नम्वर १२ मा र सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा पनि मानवीय क्षति भएको छ । क्षतिको एकिन विवरण भने प्राप्त हुन बाँकी रहेको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनु भयो । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।गाेरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय