
सिलगढी / शुक्रबार राति डाेटी सहित सुदुरपश्चिम संगै काठमाण्डाैमा समेत भूकम्पको धक्का महसुस गरिएको छ।
जाजरकोटकाे रामेडाँडा अस्पताल आसपास केन्द्र बिन्दु बनाइ ६.४ रेक्टरस्केलकाे भूकम्प गएको बताईएकाे छ ।
शुक्रबार राति डाेटीमा ११:४७ मा भुकम्पकाे धक्का महसुस गरिएकाे हाे भने सुदुरपश्चिमकाे राजधानि समेत रहेकाे धनगढीमा ११:४८मा धक्का महसुस गरिएकाे छ । त्यस्तै नेपालकाे राजधानी काठमाण्डाैमा ११ः५० बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।
गाेगल म्यापिङ्गका आधारमा भुकम्पकाे केन्द्र विन्दु नेपाल देखाईएकाे छ । थप जानकारी आउन बाँकी छ।