कञ्चनपुर / कञ्चनपुरबाट प्रहरीले भन्सार छली सामान बरामद गरेकाे छ ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बाट करिव ४ लाख १३ हजार ८ सय ५० मुल्य बराबरको अवैध सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
प्रहरीले डि.ए.पि., कोपिला पशु आहार, युरिया, धनियाको बिँउ र सिमीको बिउ लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको छ ।
उक्त बरामद गरिएकाे सामान आज (शुक्रबार) कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएकाे छ ।