दार्चुला/ दार्चुलामा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ ।
मृत्युु हुनेमा नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामी रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । उनकाे आज (शुक्रबार) मृत्युु भएकाे छ ।
उनी बिहीबार खर काट्ने क्रममा थालिगडाको नजिकैको रातापड भिरमा लडेर घाइते भएकी थिइन्
घाइते उनलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी स्राेतले जनाएकाे छ ।