
काठमाडौँ / नेपाली क्रिकेट टाेलीले विश्वकाप छानाेटमा परेकाे छ । आज भएकाे खेलमा युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट
भएकाे हाे ।
युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएकाे थियाे । यस अघि २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको छ ।
विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।