युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी / डोटीमा पहिलो पटक व्यवसायी रूपमा फुल खेतीको सुरुवात गरिएको छ । डोटीको शिखर नगरपालिका ८ का एक युवाले फुल खेतीलाई व्यवसायी रूपमा सुरुवात गरेका छन् ।

नयाँ सोचविचारका साथ समाजमा युवाहरूले नयाँ काम गरेर देखाउनु पर्छ भन्ने हेतुले फुल खेतीको सुरुवात गरेको फुल खेती व्यवसायी लोकेश रावलले बताउनु भयो । जिल्लामा पहिलो पटक फुल खेतीको सुरुवात गरेका रावलले चितवनबाट ८ सय बोट सयपत्री टेनिस बल जातको फुल ल्याई खेती सुरु गरेका छन् । दसैँ तिहारलाई लक्षित गरेर पहिलो पटक फुल खेतीको सुरुवात गरेको रावलले बताए ।

शिखर नगरपालिका ८ तिनतालीमा एक रोपनीमा फुल खेती सुरुवात गरेका रावल आगामी वर्षहरूमा क्षेत्रफल बढाउनुका साथै अन्य नयाँ नयाँ बालीहरूको खेती गर्ने सोच रहेको बताए । उनले भने म कृषि क्षेत्रमा नितान्त रूपमा सिकारु छु, युवाहरूले आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने सोच छ केही नयाँ काम गर्नेछु युवाहरूले नै नयाँ व्यवसायको सुरुवात गर्नुपर्छ ।

कास्की पोखरामा बिबिए पढेर नेटवर्किङमा काम गरिरहेका रावलको लागि फुल खेती व्यवसाय नयाँ भएपनी भारतीय बजारमा रहेका कृत्रिम फुलका माला र नेपाली बजारमा रहेका खादाँहरुलाई विस्थापित गर्न फुल खेती आवश्यक रहेको समेत रावलले बताए । रावलले हाल आफ्नो बारीमा फलेको फुल र मालाहरू बिक्री गर्न सुरुवात गरिसकेका छन् । प्रति किलो फुललाई ५ देखि ६ सयका दरले बिक्रीबितरण गरिरहेको समेत बताए ।

डोटी जिल्लामा फुल खेतीको राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताउनु भयो । विभिन्न प्रयोजन दसैँ तिहार, मेला महोत्सवलाई केन्द्रित गरी फुलहरू उत्पादन गर्न सके पहाडी जिल्लाहरूमा राम्रो सम्भावना छ ।

दसैँ तिहार र विभिन्न चाडबाडलाई लक्षित गरेर फुल उत्पादन गर्दा बजारीकरणको राम्रो सम्भावना रहेको समेत प्रमुख अवस्थीले बताए । उनले भने बजारमा आवश्यकता अनुसार फुल फुलाउन सक्यो भने समस्या हुँदैन, फुल धेरै दिन टिक्दैन त्यसैले फुलको बजारीकरणमा स्थानीयसरकारहरुले पनि सहयोग गर्न आवश्यक रहेको समेत प्रमुख अवस्थिले बताउनु भयो । स्थानीय सरकारले खादाको सट्टा फुलका मालाको प्रयोग गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

अहिलेको समयमा विभिन्न सभा समारोह सजाउन ,अतिथिको स्वागत,दसैँ तिहार, मेला, महोत्सव, न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म सयपत्री फूल नै उत्तम मानिँदै आएको पाइन्छ ।

स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाहरूले सञ्चालन गर्ने औपचारिक कार्यक्रम, मेला महोत्सवमा खादा लाई भन्दा फुलको मालालाई प्राथमिकता दिन सक्यो भने फुल खेतीको प्रबल सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय