डोटी / नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा ठुलो संख्यामा नयाँ भर्ना खुलेको छ ।
सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको हो । त्यस्तै इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको हो ।
भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनामा भर्ना खुलेको छ । अटोमोबाइल, भेटेरिनरी, हातहतियार, एमबीबीएस मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्ट, सीएमए र एएनएममा पनि भर्ना खुलेको छ ।
दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।