
कञ्चनपुर/ कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका-१ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरिएकाे छ ।
ईलाका प्रहरीका कार्यालय दाेधारा चाँदनीका अनुसार पक्राउ पर्नेमा चम्पावत पोष्ट अफिस बनबास भारत घर भएको ३८ वर्षीय दिपक जोशी रहेकाे जानकारी दिएकाे छ ।
बिहीबार जाेशीलाई भन्सार छली राखिएका मेड इन चाइना लेखेको १०० वटा पेटी लाईटर र ओखर ६० के.जी.गरि अन्दाजी ६ लाख ७४ हजार बराबरको सामानसहित पक्राउ गरिएकाे छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।