
कैलाली / कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका -४ बस्ने २१ वर्षीय भरत महरा रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
महरालाई बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएकाे हाे ।
प्रहरी टाेलीले चेकजाँच गर्दा उनकाे साथमा लागुओैगध भटाएकाे थियाे । घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।