युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला

सिलगढी/ केही दिन अघि जुवाखालबाट पक्राउ परेका चर्चित कलाकार चक्र बंमले आफ्नाे फेसबुक वालमा एक पाेष्ट गर्दै आफुलाई तास खेल्न नआउने तर हेरि रहेकाे अबस्थामा पक्राउ परेकाे बताएका छन् ।

सामाजिक सञ्जालमा लामाे स्टाटस लेख्दै कलाकार बमले केहिदिन यता ‘जुवातास’ काे विषयलाई लिएर घटनाका बारेमा सत्यतथ्य नबुझि कतिपय संचार माध्यामले समाचार प्रकाशन गर्दा आफ्नाे मानमर्दनमा आच पुगेकाे आशय उक्त स्टाटसमा देखिएकाे छ ।

उनले फेसबुकमा यसरी लेखेका छन् – “नमस्कार खासमा भएको यस्तो थियो, गएको शनिबार दिउँसोको सबैकाम सकेर साँझ तिर नयाँ गितको सल्लाहका लागी कोरियोग्राफर गम्भिर बिष्ट दाईको डान्स क्लास स्टुडियोमै पुगेको थिएँ । त्यहाँ पुग्दा केहि साथीहरु तास खेल्दै हुनुहुन्थ्यो । त्यो बेलामा मैले दाईलाई केहि समय कुर्दै छेऊमा बसेको थिए । मलाई न तास खेल्न आउँछ, न राम्रोसँग खेलेको बुझ्दछु, एउटै ठाउँमा देखेपछि प्रहरीले खेल्ने, हेर्ने सबैलाई कानुनी घेरामा हालेको हो ।’
आफ्ना शुभ चिन्तकलाई उनले भनेका छन् ” तर मिडियामा मेरो नाम र तस्बिर सहितको बिभिन्न समाचार आए कतिपय मिडियाले डान्स बारमा समातिए भनेर समाचार बनाएको पनि देखें, सत्यतथ्य बुझेर समाचार बनाउनु हुन पत्रकार मित्रहरुमा अनुरोध पनि गर्दछु । डान्स फेबर स्टुडियो भएकाले त्यहाँ डान्सको अभ्यासहरु पनि हुन्छ, त्यसैले हामी त्यहाँ अरुबेला पनि पुगिरहनु पर्ने ठाउँ हो ।”

गायक बंमले थप भनेका छन् – धेरै शुभचिन्तक ज्यूहरुले फोन, म्यासेज गर्नुभएको छ, बुझ्न खोज्नुभएको छ, धेरैको मनमा नराम्रो परेको छ, मलाई आज यहाँ सम्म ल्याउनुहुने तपाई दर्शक स्रोता नै हो, त्यसैले तपाईको मन दुखाउने काम कहिल्यै गर्ने छैन ।’

कलाकार बम आफ्नाे गायन क्षेत्रमा विगत देखि नै दर्शक र स्राेताकाे मन जित्दै आएका छन् । उनका अहिलेसम्म दर्जनाै गीतहरू सर्वत्र बजारमा भित्रि सकेका छन् । उनका समयानुकूल गीत संगीतहरू बजारमा आउदा निकै चर्चा बढुल्न सफल भएका छन् ।

शनिवार कलाकार बंम सहित पक्राउ परेका व्यक्तिहरुलाई स्थानिय प्रशासनले रु १५००० धराैटीमा रिहा गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय