
अछाम / अछामकाे पञ्देवल बिनायक नगरपालिका–८ बारालाकामा
अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ, भने एक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साेहि ठाउँका ३ वर्षीय शमिर जैशीको मृत्यु भइसकेको छ भने १८ वर्षीया राधा जैशी घाइते भएकी छन् ।
हिजाे बुधबार घाँस घाट्ने क्रममा घर नजिकै उनीहरूलाई अरिङ्गालले टोकेको प्रहरी स्राेतले जनाएकाे छ । शमिरलाई स्थानीय स्वास्थ्य चौकी बारालाले उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएकाे भन्दै घर पठाएकाे थियाे । त्यस पश्चात् शमिरको घरमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घाइते राधालाई भने थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाएको छ ।