काठमाडौँ / सुदुरपश्चिमका चर्चित कलाकार चक्र बम सहित ९ जना जुवाडे धराैटीमा छुटेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयले जुवा ऐेन नियममा १५ हजार धरौटी लिएर रिहा गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार शनिबार
भोजपुरको पात्लेपानी–२ घर भइ हाल मैतीदेवी बस्दै आएका गजित विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
उनीहरू भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चर्चित कलाकार चक्र बम , काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शैकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ २८ वर्षीय टाइम मगर? बुढानिलकण्ठ–९ का ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारीलाई रिहा गरेकाे हाे ।
त्यसै गरि सबै जना बुधबार मात्रै रिहा भएका छन् ।
पक्राउ गरिगएकाे दिन निहरूलाई बाट प्रहरीले एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको थियाे ।