कञ्चनपुर / कञ्चनपुरमा जुवाडे पक्राउ परेका छन् ।
जिल्लाकाे शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
उनीहरूको साथबाट नगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डी बरामद गरिएको छ।
पक्राउ पर्नेमा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहितका ८ जना छन् । घटनाबारे थप अनुसन्धान भैरहेको जनाएकाे छ ।