कञ्चनपुर/ लागुऔषघ (ब्राउनसुगर) सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलौरी–६ हात्तीबोझाका २९ वर्षीय जयराम राना रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई बुधबार साँझ
बेलौरी नगरपालिका–८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
रानामाथि थप अनुसन्धान भैरहेकाे छ ।