बैतडी/ बैतडीकाे डिलासैनी गाउँपालिका-४ मा भिरबाट लडेर एक युवतीकाे मृत्यु भएकाे छ । लडेर मृत्यु हुनेमा साेहिँ ठाउँ फलेडी बस्ने २७ वर्षीया गोमा नेगी रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
गाेमा बुधबार दिउँसो पुर्चौडी नगरपालिका-१ नेटास्थित खर काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाइते भएकी थिइन्। घाइते गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि धनगढी लगिदै थियाे । तर गाेमाकाे राति बीच बाटो मै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।