युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सि ठकुल्ला
सिलगढी,

डाेटीमा गएकाे आर्थिक वर्ष २०७९/८० मा जम्मा ५ पटक बजार अनुगमन गरिएकाे छ । त्यस्तै चालू आर्थिक वर्ष २०८०/८१ मा जम्मा २ पटक गरिएको छ ।

वि. स २०७९ काे साउन, असाेज, पाैष, चैत्र र त्यसै गरि वि.स २०८० काे असाढ महिना गरी जम्मा पाँच पटक बजार अनुगमन गरिएकाे जिल्ला प्रशासन कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आर्थिक वर्ष २०७९/८० काे साउन महिनामा जम्मा पाँच पसल अनुगम गर्दा रू २० हजार तीन सय ७५ मूल्य बराबरको म्याद सकिएका मालसामान जफत गरि नष्ट गरेकाे छ ।

त्यस्तै भाद्र ३० गते देखि असाेज ३ गतेसम्म तिहार लक्ष्यित बजार अनुगमनमा केआई सिह वायल बजार, पिपल्ला, सिलगढी, राजपुर लगायतका बजारहरू बाट १ लाख ७५ हजार ७ सय साेह्र मूल्य बराबरको सामान बरामद गरी नष्ट गरिएकाे छ ।
त्यसै वर्षकाे पाैष महिनामा जिल्लाका विभिन्न स्थानहरूमा गरिएकाे बजार अनुगमनमा जम्मा २७ हजार ५ सय ५५ मूल्य बराबरको सरसामान जफत गरेर नष्ट गरेकाे छ । त्यस्तै चैत्र महिनामा गरिएकाे बजार अनुगमनमा रू ७० हजार ५ सय ७० मूल्य बराबरको म्याद नाघेका मालसामान नष्ट गरिएकाे छ ।

यसै वर्ष २०८० असार महिनामा गरिएकाे बजार अनुगमनमा १७ हजार २ सय १० मूल्य बराबरको सरसामान बरामद गरिएकाे छ ।

त्यस्तै गएकाे आर्थिक २०७९/८० मा समग्र रूपमा गरिएकाे बजार अनुगमनमा जम्मा ३ लाख ११ हजार ४ सय २६ मुल्य बराबरको सामान जफत गरिएकाे छ ।

त्यस्तै चालू आर्थिक वर्ष २०८०/८१ मा जम्मा २ पटक मात्र बजार अनुगमन गरिएकाे छ । यस वर्षकाे साउन महिनामा गरिएकाे बजार अनुगमनका क्रममा ७८ हजार ७ सय ३५ रूपैयाँ बराबरको सामान जफत गरिएकाे छ । त्यस्तै यस वर्षकाे दशै तिहार लक्ष्यित बजार अनुगमनमा १७ हजार २ सय ७६ मूल्य बराबरकाे सामान जफत गरिएकाे छ । समग्र २ पटकाे बजार अनुगमनकाे क्रममा जम्मा ९६ हजार ११ रूपैयाँ बराबरकाे सामान जफत गरि नष्ट गरिएकाे छ ।

जिल्लाका विभिन्न क्षेत्रहरूमा गरिएकाे बजार अनुगमनमा व्यापारीले गर्दै आएका कसुरमा बढि जसाे साइनबोर्ड नभएका पसल, साइनबोर्ड भएपनि सेवाग्राहीले नदेख्ने गरि राखिएकाे, मूल्सूचीका सामानहरू नभएकाे, पसलहरू दर्ता नगरि सञ्चालन गरिएकाे, म्याद गुज्रिएका सामान राखिएकाे लगायतका गतिविधि भेटिएका छन् । बजार अनुगमनमा क्रममा नियम प्रक्रिया पूरा नगरि र नियम उल्लङघन गरेर व्यवसाय गर्दै आएका व्यावसायिहरूलाई सबै नियम प्रक्रिया पुर्‍याएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएकाे पाएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई हामीले ” तिहार लक्ष्यित किन बजार अनुगमन गरिन्छ ? भन्ने प्रश्न गर्दा उहाँका अनुसार उपभोक्ता नठग्गिउन, तिहार त्यसैमाथि जाेखिम युक्त समय भएकाले तिहार बजार अनुगमन कार्यलाई बढि जाेड दिएकाे बताउनु भयाे । सर्वप्रथम तः क्रेता र बिक्रेत सजग भैदियाे भने बजार अनुगमन कडाइ गर्नु नपर्ने बताउनु भयाे ।

उहाँका अनुसार स्थानीय सरकारकाे पनि बजार अनुगमन समिति हुने गर्छ । त्यसैमाथि विभिन्न सराेकारवाला निकाय जिल्लामा रहेका छन् । ती सराेकारवाला निकायले बजार अनुगमनमा अहम् भूमिका खेलेकाे नदेखिएकाे सहयक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयाे ।

स्थानीय तथा बजार उपभोक्ताहरूका अनुसार बजार अनुगमन गर्ने टाेली बजारमा प्रवेश गर्दा व्यापारीहरूले उक्त सडेगलेका तथा म्याद गुज्रिएका ससम्मान लूकाइ छिपाइ बिक्री वितण गर्ने गरेकाे बताएका छन् । समस्या र चुनाैतिकाे विषयलाई नियाल्दा उपभोक्ताहरू सबै शिक्षित नभएका कारण म्याद गुज्रिएका बजारबाट पहिचान गर्न नसकि लिने गरेका छन् । यस्ता गम्भीर विषयलाई व्यापारीहरूले ध्यान नदिएर फाइदा कसरी हुन्छ भन्ने कुरालाई मध्यनजर गरेर व्यवसाय सञ्चालन गरेकाे डाेटी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा अध्ययनरत दिपेन्द्र कुमार कठायतले बताए ।

दिपेन्द्र भन्छन् “जबसम्म कालाे बजारी गर्ने व्यापारीहरूलाई कडारूपमा कार्वाही गरिदैनन त्यतिबेलासम्म बजारमा यस्तै व्यापार व्यवसाय हुन्छ र उपभोक्तहरूले स्वास्थ्य जाेखिममा राखेर मार खेप्नु पर्छ ”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय