बझाङ/ बझाङकाे साइपाल गाउँपालिका–३ मा भिरबाट लडेर एक महिला घाइते भएकी छन् ।
घाइते हसनेमा साेहि ठाउकी २६ वर्षीया रमा बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । उनी घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।
घाइते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लैजाने तयारी भैरहेको गाउँपालिकाले जनाएकाे छ ।