
कञ्चनपुर / भारतबाट नेपाल आउदै गरेका दुई जना नेपाली कामदार बीच बाटाेमै लुटिएका छन् ।
लुटिएको मध्य कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ रहेका छन् । सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको छ ।
दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए । उनीहरू दुबै जना भारत उत्तराखण्डको हरिद्वारमा लुटिएका हुन । त्यहाँबाट अलपत्र अवस्थामा आज बुधबार गड्डाचौकी पुगेका आफन्तले जनाएकाे छ ।
हरिद्वारमा सुर्खेत घर बताउने एक जना नेपालीले होटेलमा लगेर चिया बिस्कुट खान दिइ उनीहरूलाई बेहोस् बनाएकाे खुल्न आएकाे छ ।
उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको नागरिक सहायता केन्द्रले जनाएकाे छ ।