बैतडी / बैतडीमा एक युवक मृत फेला परेका छन् ।
बुधबार मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
साेहि ठाँउ अबस्थित थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा उनी मृत फेला परेका हुन् । उनी यस अघि गाउमा डुलि रहने गरेकाे स्थानीय स्राेतबाट खुलेकाे छ ।
मृतकको शव पोष्टमार्टमका लागि बैतडी जिल्ला अस्पताल लगिएको छ ।
प्रहरी अनुसन्धानबाट सुन्दरखालीबाट उनी थलालगाउँ किन गए भन्ने कुरा नखुलेकोले घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएकाे छ ।