
कैलाली / कैलालीमा २ जना माेटरसाइकल चालक पक्राउ परेका छन् ।
जिल्लाकाे धनगढीबाट लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने १९ वर्षीय अरुण चौधरी र मुकेश जोशी पक्राउ परेका जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएकाे छ ।
सु.प. प्र ०१–००९ प १२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको लागुऔषध सेवनको परीक्षण गर्दा धनगढी उपमहानगरपालिका – १ वडा प्रहरी कार्यालय नजिकबाट मङ्गलवार पक्राउ गरिएको हाे ।
लागुओैषकाे सेवन जाँच गर्दा उनीहरूले दुबै जनाको रिपोर्ट पोजेटिभ आएको थियो। त्यस लगत्तै प्रहरीले उनीहरू दुबै जनालाई पक्राउ गरेर अहिले थुनामा राखिएकाे छ ।