
काठमाडौं / डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएकाे छ ।
स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ । त्यस्तै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम गरिएकाे निगम व्यवस्थापन समितिले निर्णय भएकाे छ । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने भएकाे छ ।
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।