युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
सिलगढी

डोटीको आदर्श गाउँपालिकामा बिरामी बोक्ने स्टेचर नहुँदा स्थानीयले सास्ती बोग्नु परेको छ ।

गाउँकार्यपालिका कार्यालय रहेको स्थान नजिकै पर्ने आफ्नो गाँउमा स्टेचर नहुँदा बिरामीलाई पिठ्युँमा नाम्लोले बोकेर स्वास्थ्य चौकी पुर्‍याउनु पर्ने बाध्यता रहेको वडा नं. २ का स्थानीय धिमिलाल ओझाले बताए ।

वडा नं. २ मा पर्ने कारिया गाँउदेखी स्वास्थ्य चौकी सम्म पुग्न १५÷२० मिनेट पैदल हिड्नु पर्ने ओझाले बताए । ओझाले भने– हाम्रो गाँउमा एउटा स्टेचर सम्म छैन । गाँउमा कोही विरामी परे नाम्लोलगाएर विरामीलाई स्वास्थ्य संस्था सम्म पु¥याउनु पर्दछ । गाँउमा स्टेचर दिए कि दिएन् ? कसलाई दिए वा कसरी दिएनन् ? कहिले दिए वा दिएनन् केहि थाहा छैन । हामीले नियमित रुपमा विरामीलाई बोक्नै पर्ने बाध्यता रहेको छ । उनले उक्त समस्याको भिडियो समेत खिचेको दावी गरेका छन् ।

केहि दिन अघि डोटीका जनताको अबस्था बुझ्ने उदेश्यका साथ डोटी पुगेको राष्ट्रिय स्वतन्त्रपार्टीकी नेतृ तथा प्रतिनिधि सभा सदस्य तोसीमाकार्कीको टोलीले अध्ययन पछि डोटीका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा समेत केहि गाँउमा स्टेचर सम्म नभएको विषय उल्लेख गरिएको थियो ।

सोहि विषयमा उक्त गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्कासंग टेलिफोन मार्फत जानकारी लिदा उनले आफू कार्यक्षेत्र भन्दा बाहिर रहेकाले त्यो विषयमा आफूलाई केही पनि थाहा नभएको बताएका छन् । आफुहरुको केही कमिकमजोरी होला भन्ने विषयलाई स्वीकार गर्दै उनले भने – स्टेचर कै समस्या भयो भनेर म पत्याउनै सक्दैन ।

खड्काले आफुले सम्बन्धित स्वास्थ्य संस्थासंग बुझ्दा कुनै पनि त्यस्तो बिरामी स्वास्थ्य संस्थामा नआएको आफुले बुझेको बताएका छन् । यस विषयमा धिमिला ओझा भन्छन्– “भिडियो खिच्ने म हो, भिडियो सामाजिक सञ्चालमा भाइरल बनाउने मनै हो, हाम्रो गाउँमा यस्तै छ, अहिले मलाई विभिन्न व्यक्तिहरू भिडियो किन हालेको भनेर भनिरहेका छन् मैले विरोध गरेको हैन सचेत गराएको हुँ सबैलाई ध्यानाकर्षण गराएको हुँ ।“ उनी थप्छन् गाँउमा रहेको समस्याका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलाएरले जानकारी गराएको समेत बताएका छन् ।

राष्ट्रिय स्वतन्त्रपार्टीका जिल्ला संयोजक बलाएर भन्छन् – कुनै ठाउँमा स्ट्रेचर पनि नपुगेको गुनासो हामीले पाएका छौं, जिल्ला प्रशासनले स्थानीय सरकारसँग समन्वय गरेर एक टोल बराबर एक स्ट्रेचरको अवधारणा अनुसार काम गर्न सक्नुपर्छ । अग्रपंतिमा काम गर्ने जनशक्तिहरुको लागि प्रशासनले स्थानीय निकाय सँगको सहकार्यमा हरेक स्वास्थ्य चौकीहरूमा सिपिआर ट्रेनिङ सञ्चालन गर्न सकिने सुझाब समेत ध्यानकर्षण पत्रमा राखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय