
कैलाली / कैलालीकाे एक गाउँपालिकाकाे वडा कार्यालयमा तालाबन्दी गरेकाे छ ।
जिल्लाकाे कैलारी गाउँपालिकाको-९ नम्बरकाे वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय स्राेतले जनाएकाे छ । वडा कार्यालय तालाबन्दी गर्दा वडाध्यक्ष खेमराज चौधरी भने सम्पर्क विहीन रहेका छन् ।
स्थानीयले नाराबाजी लगाउदै वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै तालाबन्दी गरेकाे हाे ।
स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनाेमानी गर्दै आएका भन्ने खुल्न आएकाे छ ।