
बाजुरा / बाजुरामा विद्युतकाे तार सर्ट हुँदा दुई घरमा आगलागी भएको छ।
आगलागी बडिमालीका नगरपालिका–८ राप्काका भरत रावल र विर रावलको घरमा भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
सोमवार दिउँसाे विद्युतको तार सर्ट हुँदा आगलागी भएर दुबैजनाको घरमा रहेका सरसामान सबै जलेर नष्ट भएका छन् ।
उक्त आगलागीबाट करिव १० लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुसन्धानबाट खुल्न आएकाे छ । आगलागी हुँदा मानवीय तथा चौपायको क्षति हुन पाएकाे छैन् ।
उक्त आगलागीबाट अन्य के कति क्षति भयाे भन्नेर घटनाको विस्तृत विवरण आउँन भने बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।