सिलगढी / आज (मंगलबार) देशभर आंशिक बदली रहने भएकाे छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएकाे छ ।
त्यस्तै हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको भएकाे छ ।
आज राती देशभर आंशिक बदली रहि मौसम सामान्यतया सफा रहने भएकाे छ ।
माैसम पूर्वानुमान महाशाखाकाे बुलेटिनमा उल्लेख भए अनुसार आगामी २४ घण्टामा भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आम नागरिकलाई अनुराेध गरेकाे छ ।