
अछाम / अछाममा आज (साेमबार ) जिप दुर्घटना भएकाे छ । उक्त जिप दुर्घटनामा परि ८ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।
मेल्लेख गाउँपालिका–७ मा मेल्लेखबाट साँफेतर्फ यात्रु बोकेर गइरहेको सु.प प्र ०१–००१ ज १३५९ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
उक्ति जिप दुर्घटनामा परि घाइते हुनेमा चालक मेल्लेख गाउँपालिका–७ का २५ वर्षीय महेश खड्का, साेहि गाउँपालिका–६ का २१ वर्षीया सानु कुँवर, २६ वर्षीय उत्तम खड्का, १८ वर्षीय समिर रावत, ३५ वर्षीय राजेन्द्र रावत, ५० वर्षीय टेकबहादुर रावत सोही गाउँपालिका–५ का १८ वर्षीय सतिष नेपाली र २३ वर्षीेय योगेन्द्र खड्का रहेका छन् ।
घाइते मध्य चारजनाको अवस्था मध्यम रहेको र ४ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको न्याय हेल्थ अस्पताल अछाममा उपचार भइरहेको प्रहरी स्राेतले जनाएकाे छ ।