डोटी / नेकपा डोटीका नेता असोक कुुुुुमार साेेेपले जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा स्थानियबासीन्दाले निर्माण गर्न लागेको मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।
वडाको कुमालीकोट गोदामा स्थानियबासीको श्रम र लगानीमा निर्माण हुन थालेको भगवती मन्दिरका लागी साेपले ११ हजार एक सय ११ रुपैया सहयोग गरेको मन्दिर निर्माण समितिले जनाएको छ ।
मन्दिर निर्माण क्षेत्रमा पुगी साेपले उक्त रकम मन्दीर निर्माण विकास समितिलाई हस्तान्तरण गरेका हुन् । नेकपा डोटीका जिल्ला कमिटी सदस्य समेत रहेका साेपले गरेको सहयोगले मन्दिर निर्माणमा ठुलो सहयोग पुग्ने मन्दिर निर्माण समितिले बताएको छ । साेप नगरविकास समिति डोटीका पुर्व अध्यक्ष हुन् ।