कञ्चनपुर/ कञ्चनपुरबाट पक्राउ परेका आठ जना जुवाडेकाे पहिचान खुलेकाे छ ।
भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खाेला किनारबाट पक्राउ पर्नेमा नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित आठ जना रहेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
खाेलामा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जनालाई राति पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा निरीक्षकसहित पारस भट्ट, सञ्जय विष्ट, भक्त बहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे रहेका छन् ।
पक्राउ परेका निरीक्षक थापालाई निलम्बन गर्ने तयारी भइरहेको प्रहरी स्राेतबाटै खुलेकाे छ ।
कञ्चनपुर प्रहरी टाेलिले उनिहरूबाट १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरिएकाे थियाे ।