
सुबास नेपाली / डोटीको सिलगढिमा ४ दिने सामुदायिक विपद प्रतिकार्य तालिम सुरु भएको छ ।
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा उक्त तालिम संचालन गरिएको हो ।तालिमको उदघाटन गर्दै गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले तालिममा बाढी पहिरो ,आगलानी, भू–कम्प लगायतबाट उत्पन्न हुने विपदलाई मध्यनजर गरेर स्थानिय स्तरमै दक्ष स्वयंसेवक उत्पादन गरि त्यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।
कुनै पनि स्थानमा विपद आउन सक्ने भएकोले त्यस ठाउँमा नेपाली सेना लगायत अन्य उद्दार गर्ने सुरक्षाकर्मी लगायत सहयोगीहरु पुग्नु भन्दा पहिले स्थानीयहरु पुग्ने भएकोले उनीहरुलाई नै व्यवस्थापन सम्बन्धि तालिम प्रभावकारी हुने पनि गणपति देउजाले बताए । तालिममा दिपायल सिलगढी नगरपालिकाका १० जनाको सहभागीता रहेको छ ।