
माेहन सिं ठकुल्ला / डाेटीमा दशैँ अवधिभर जम्मा ९४ सवारीसाधन कार्वाहीमा परेका छन् ।
असाेज २८ गते तथा घटस्थापना देखि कार्तिक ११ गते अथवा काेजाग्रत पर्वसम्म डाेटी जिल्ला भरि जम्मा ९४ सवारीसाधन सवारी नियम उलङ्घन कार्वाहीमा परेकाे जिल्ला ट्राफिक कार्यालय दिपायलले जानकारी दिएकाे छ ।
उक्त कार्वाहीमा परेका सवारीसाधनबाट ५५ हजार पाँच सय राजस्व संकलन भएकाे जिल्ला ट्राफिक कार्यालय दिपायलका प्रमुख सुरज बहादुर खड्काले जानकारी दिएकाे छ ।
त्यस्तै जिल्ला भरी असाेज महिनामा एउटा पनि सवारी दुर्घटना नभएकाे जानकारी दिएकाे छ । कार्तिक महिनामा दशैँ अवधिभर ३ वटा सवारी दुर्घटना भएका छन् । जसमा उक्त सवारी दुर्घटनाबाट घाइते मध्य शिखर नगरपालिका तिलतालीमा २ र सिलगढी झिग्राना सडक खण्डमा ७ गरि जम्मा ९ जना व्यक्ति घाइते भएकाे ट्राफिक प्रहरी कार्यालय प्रमुख खड्काले जानकारी दिएका छन् ।
तराई क्षेत्रबाट आउने सवारीसाधन डडेल्धुरा र बाजुराबाट आउने सवारीसाधनकाे अछाम जिल्लामा कार्वाहीमा पर्ने भएकाले डाेटीमा कार्वाहीमा पर्ने सवारीसाधनकाे संख्या न्युन रहेकाे छ । सबै भन्दा बढी नजिककाे दुरी अथवा नजिककाे स्थानीय सवारी कार्वाहीमा पर्ने गरेकाे खड्काले जानकारी दिएकाे छ ।
तिहार तथा छट पर्वसम्म कति सवारीसाधन सवारी नियम उलङ्घनमा पर्छन् भन्ने कुराकाे आकलन गर्न नसकिएकाे जानकारी दिएकाे छ ।