
कञ्चनपुर/ कञ्चनपुरमा आठ जना जुवाडे पक्राउ परेका छन् ।
आइतबार राति जिल्लाकाे भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टाेलिले उनीहरूलाई विशेष सूचनाको आधारमा जुवाडेबाट १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाईकल र १ थान स्कुटीसहित पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।