![](https://supaonline.com/wp-content/uploads/2023/10/aago_d6QsHNP2ji.jpg.360x240_q75_crop-smart_upscale.jpg)
बझाङ / बझाङमा पटाका पड्काने क्रममा खरमा आगलागी भएकाे छ ।
आइतबार बिहान जिल्लाकाे छबिसपाथीभेरा गाउँपालीका – ३ पाटागाउँका उपेन्द्र सिंहको घर अगाडि राखेको गाजोको माचमा आगलागी भएकाे हाे । आगलागी बिहान ११ः ३० बजे तिर आगलागी भएको उपेन्द्रले जानकारी दिएका छन् ।
बालबालिकाहरूले अबैध रुपमा गाउँघरमा ल्याइएका पटकाले
गाँजोका २ माच जलेर ध्वस्त भएकाे स्थानीयले जानकारी दिएका छन् । उक्त आगलागीबाट १० हजार भन्दा बढि क्षति भएको जानकारी खुलेकाे छ ।
विगतका वर्षहरुमा पटका पड्काउने गतिविधिका कारण धेरै जनधनको क्षति भएकाले प्रहरीले पटका निषेध गरेको जनाएकाे छ ।
तिहार नजिकिदै गर्दा बजारमा अबैध पटाका भित्र्याएकाले जाेखिम माेल्नु परेकाे साेहि ठाउँका स्थानीयले बताएका छन् ।