अछाम/ अछाममा आज (साेमबार) बिहानै जिप दुर्घटना भएको छ।
से१ज ४९० नम्बर जीप जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनीमा गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जीप दुर्घटनामा परेको अछाम ईलाका प्रहरी सिँउडीले जनाएकाे छ । जिप दुर्घटनामा परि सडकबाट करिब १५० मिटर तल खसेको छ ।
जीपमा सवार एक जना चालक धनबहादुर थापा मात्रै रहेकाे प्रहरीले जानकारी दिएकाे छ । थापालाई सामान्य चाेटपटक लागेकाे छ ।