एजेन्सी / छिमेकी मुलुक भारतमा एक आपसमा दुईरेल ठाेकीएर दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा परि ९ जना भन्दा बढीकाे ज्यान गएकाे भारतिय संचार माध्यमले जनाएकाे छ ।
भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई ओटा यात्रुवाहक रेल एकआपसमा ठोक्किदा भएकाे रेल दुर्घटनामा कम्तीमा करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताईएकाे छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।