बैतडी / मुलुकी देवानी संहिता, २०७४ मा उल्लेख भएको कानुनी व्यवस्थाअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सम्पत्ति सरकारी सम्पत्ति मानिनेछ भनिएको छ । तर सरकारकाे स्वामित्वमा रहेका सम्पत्तिहरू सरकारी सम्पत्ति मानिए पनि सरकारले करोडौँका संरचना निर्माण गरेर प्रयाेग विहीन अबस्थामा अलपत्र भेटिन्छन् ।
त्यस्तै बैतडी जिल्लाकाे पाटन विमानस्थलमा निर्माण गरेका संरचनाहरू अहिले प्रयाेग वीहिन बनेकाे छ । उक्त विमानस्थलमा हवाई उडान नहुँदा निर्माण गरिएका करिव १६ कराेडका भाैतिक संरचना भूतबंगाला जस्तै बन्न पुगेका स्थानीय बताउछन् ।
करिव डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक हवाई उडान सञ्चालन छैन । हवाई सेवा बन्द हुँदा यहाँका नागरीकले विभिन्न समस्या झेल्नुपरेको छ । सुरूमा प्रत्येक बिहीबार पाटनबाट धनगढी उडान गर्दै आएको समिट एयरकाे विमान वि.सं २०७८ चैत १० गतेदेखि फर्केकाे छैन । त्यस समययता पाटन विमानस्थलमा कुनै जहाज अवतरण र उडान भएका छैन ।
तीन वर्ष पहिले हवाई उडान परिक्षण सफल भएपछि बैतडीका नागरिकाे ओठमा गुलाफकाे फूलेकाे थियाे । त्याे समयमा ११ करोड रूपैयाँ खर्च गरेर २० मिटर चौडा र ५ सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरेर चमक्दार सजावट पनि गरियाे । दु:खकाे कुरा तर डेढ वर्षयता पाटन विमानस्थलमा जहाज उडान बन्द भएपछि गुलाफकाे फूल ओइलाए झै क्षणिक भरकाे खुसी बन्न पुगेकाे छ ।
त्यतिमात्र कहाँ हाे र ? अझै करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइपनि सकेको छ। तर हवाई उडान बन्द भएपनि हवाई सेवा सञ्चालन ल्याउन कुनै सरकारी निकायले पनि चाँसो नदेखाएकाे पाटनका स्थानीयहरूकाे आराेप छ ।
विमानस्थलमा हवाई उडान बन्द भएपछिकाे प्रभाव
हवाई सेवा सञ्चालन बन्द भएपछि दशैँ तिहाइमा जिल्लामा आवतजावत गर्ने यात्रुहरूले सास्ती भाेग्नु परेकाे पाटन नगरपालिका ६ हिरापुरका दिपेन्द्र कुमार कठायतले सुप अन्लाईनलाई जानकारी दिएका छन् । तीन वर्ष पहिले हवाई सेवा सञ्चालनमा आउदा उक्त क्षेत्रका व्यापारीमा एक किसिमकाे ओठमा खुसी भरिएकाे थियाे तर आजभोलि व्यापार व्यवसाय सुस्ताएकाे हिरापुरका दिपेन्द्र बताउछन् । करिव डेड वर्षयता विमानस्थल सञ्चालन नहुदाँ बैतडीका जनताले आकस्मिक सेवाबाट बञ्चित हुनु परेकाे छ । स्थानीय सरकार पनि सुस्ताउदाँ यात्रा गर्न महंगो भाडादरमा विवश हुनुपरेकाे त्यस क्षेत्रका व्यापारी बताउछन् ।
विमानस्थल बन्द हुनुकाे कारण यस्ताे छ ,
चर्काे भाडादर, यात्रु अभावकाे कारण देखाँदै उडान भर्न नसकिने समिट एयरका बैतडीका प्रतिनिधिले जनाएकाे छन् । प्रयाेग विहीन विमानस्थलकाे चाैतर्फी आलोचना भएपछि नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटन नगरपालिकाले जनाएकाे छ । सुरूमा पाटन र धनगढी १७ मिनेटको हवाई दूरीका लागि ३ हजार ७ सयमा हवाई उडान हुने गरेको भएतापनि पछि भाडादर बढेर ५ हजार पुगेपछि यात्रुकाे संख्या घट्दै गएकाे कठायतले बताएका छन् ।
उक्त धावनमार्गमा टिक्टक लगायत सामाजिक सञ्चालनमा भाइरल नै छ । विमानस्थल बन्द हुँदा दैनिक जसाे टिक्टक बनाउने सेल्फि खिच्नेहरूकाे धुइराे लाग्ने गरेकाे स्थानीय बजारिय बताउछन् ।