
कैलाली / कैलालीमा अछामका दुई दाजुभाइ बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा अछाम जिल्लाकाे तुर्माखाद गाउँपालिका–६ तलौनीका १४ वर्षीय प्रकाश विक र १० वर्षीय लक्ष्मण विक रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
कैलाली जिल्लाकाे लम्कीचुहा नगरपालिका–५ तिलकपुरमा बस्दै आएका थिए। उनिहरू जिल्लाकाे लम्कीचुहाबाट कार्तिक ८ गते देखि अहिलेसम्म बेपत्ता छन् ।
इलाका प्रहरी कार्यालय कैलालीका अनुसार बेपत्ता दुबै बालककाे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।बालकहरूलाई कसैले भेटाएमा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन पारिवारिक स्राेतले अनुरोध गरिएकाे छ ।