कैलाली / कैलालीमा ढुंगा प्रहार गरेर बुवाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
घरको आँगनको विषयमा विवाद हुँदा गणेशले बुवामाथि ढुंगा प्रहार गरेकाे आराेपमा उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेकाे छ ।
उनले आफ्नै ४५ वर्षीय बुवा हिरा सिंह चौधरी माथि ढुंगा प्रहार गर्दा हिराकाे घट्ना स्थलमै ज्यान गएकाे हाे । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेकाे छ ।