धनगढी / सदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विद्युतिय तार सर्ट भई करेन्ट लाग्दा १३ बर्षिया छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् ।
धानको भुस केलाउँन फ्यानको प्रयोग गरिएको र उक्त फ्यानबाट विद्युत सर्ट हुदाँ भजनी नगरपालिका–२ पल्टिपुर बस्ने ४१ वर्षीया प्रेमी डगौराकी १३ वर्षीया छोरी सुस्मा डगौराको करेन्ट लागेर मृत्यु भएको बताईएको छ ।
करेन्ट लागी घाईते भएको दुबै आमाछोरीलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएपनि आमाको भने उपचार भई रहेको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी स्रोतले जनाएको छ ।